spot_img

सोलुमा ७ वटा मतदान स्थल थप गर्न माग

spot_img

सोलुमा ७ वटा मतदान स्थल थप गर्न माग गरिएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बसेको मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लामा ७ वटा स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको हो ।

Advertisement

मतदान स्थल तथा केन्द्र सिफारिस समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको बैठकले सोलुदुधकुण्ड नगरपालिकामा ४ वटा, सोताङ गाउँपालिकामा २ वटा र महाकुलुङ गाउँपालिकामा एउटा मतदान स्थल थप गर्न सिफारिस गरिएको हो ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर २ स्थित बेनी आवि, वडा नम्बर ९ स्थित जनचेतना आवि गोराखानी, वडा नम्बर ११ स्थित बरबोट आवि र सिद्ध आवि बुस्तिङमा मतदान स्थल थप गर्न सिफारिस निर्णय गरिएको नगर उपप्रमुख गान्धी माया तामाङले जानकारी दिइन् ।

Advertisement

यस्तै सोताङको वडा नम्बर १ स्थित बरबोट आवि र दिपज्योति आवि चित्रेमा थप गर्ने भएको छ । यस्तै मखपलम माविमा रहेको दुई वटा केन्द्र मध्ये एउटालाई लिढुंगा आविमा सार्ने, साविक सोताङ गाविस भवनमा रहेको केन्द्रलाई ठाउँ अभावले सोही वडाको कृषि सेवा केन्द्र ताप्लासीमा सार्न सिफारिस गरिएको गाउँपालिका अधयक्ष खिलराज बस्नेतले बताए ।

उता महाकुलुङ गाउँपालिका ५ को कार्यालयमा रहने गरि एउटा स्थल थप गर्न सिफारिस गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए । भौगोलिक कठिनाई भएकाले नागरिकहरुको सहजताका लागि स्थलहरु थप गर्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । जिल्लामा हाल १२२ मतदान केन्द्र र १३५ वटा मतदान स्थल रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै