spot_img

खुम्बु क्षेत्र सुनसान

spot_img

दिपेन्द्र पराजुली

Advertisement

पर्यटकिय क्षेत्र खुम्बु यतिबेला सुनसान बनेको छ । विश्वको सर्वोच्व शिखर सगरमाथा सहितको खुम्बु यो समय अफसिजन भएकाले सुनसान बनेको हो । अहिले चिसो बढेसँगै सो क्षेत्रका १० प्रतिशत मात्रै होटल सञ्चालनमा छन् । फट्टफुट्ट पर्यटक पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

Advertisement

पर्यटकीय सिजनमा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु चिसो अधिक बढेसँगै सुनसान बनेको उनले बताए । पर्यटकिया सिजनको समयमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौ परेका होटल व्यवसायीहरु यतिखेर घुमफिरमा निस्किएका हुन् ।

Advertisement

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका स्थानका अधिकांश होटल व्यवसायीहरु चिसो छल्न काठमाण्डौँ गएका छन् भने कतिपय भ्रमण तथा तिर्थका लागि लुम्बिनी, पोखरा, भारत लगायतका स्थानमा जाने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

‘सिजन’मा व्यस्त हुने निकुञ्ज कार्यलय समेत ‘सिजन’ सकिएसँगै फुर्सदिलो बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, मन्जो चेकपेष्टले जनाएको छ । यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले ‘सिजन’ सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन् ।

‘सिजन’मा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ । चिसो क्रमिक रुपले बढेसँगै सगरमाथा क्षेत्रमा कर्मचारी तथा सुरक्षाकर्मी बाहेक अन्य नागरिकहरु देखिन छोडेका छन् ।

नाम्चे क्षेत्रको तापक्रम अहिले माईनस १० डिग्री भन्दा तल झरेको छ । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतमा अहिले पर्यटकको चहलपहल अत्यन्तै कम रहेको छ ।

6
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै