spot_img

गायक शम्भु राईसहितका कलाकारसँग झुम्यो सोताङ

spot_img

सोलुखुम्बु । वरिष्ठ गायक शम्भु राईले सोताङबासीलाई झुमाएका छन् । सुनौलो विहानी युवा क्लबको निम्तोमा सोलुखुम्बुको सोताङ ४ रोक पुगेका राईले ‘थुन्चेको भारी विसाउदै’, ‘घर त हिले हो’, ‘चलेछ बतास सुस्तरी’लगायतका गीत गाउँदा सोताङ, महाकुलुङ लगायतका क्षेत्रबाट कार्यक्रम स्थल पुगेकाहरु चिसो विर्सेर नाचेँका थिए ।

Advertisement

गायक राईसँगै गायिका बबिना किराँती पनि रोक पुगेकी थिइन् । गायिका किराँतीले ‘हिउँ प¥यो फुरुरु’, ‘बेचिदिन्छु यो जवानी’, ‘ओई भन्यो मायाले झ्यालबाट’लगायतका गीत गाइन् । उनको प्रस्तुतिमा पनि सोलुका दर्शकले साथ दिए । माघ ६ गते साँझ आयोजित सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार टेक नाछिरिङले पनि दर्शक झुमाए । उनले ‘मरेर लानु के छ र’, ‘कम्पनी तोला’ र ‘तुनाचोली’ गाए ।

Advertisement

गीतकार तथा निर्देशक दुलर्भ जन्तरेले ‘ए रेमे’, ‘बनमारा’, ‘झ्याम्मै चौतारी’ गाउँदा गायक कुमार प्रयासले ‘मिठुको भट्टी पसल’, ‘गौथली चरी’ गाएर दर्शक झुमाए । गायक विनोद विक्रम राईले ‘लुकीलुकी हेर्छौ मलाई’, ‘विनायो कङकङ’ र ‘यो कुरा साँचो’गाए भने अर्का गायक खगेन्द्र राईले ‘हजार जुनी’, ‘चट्ट रुमाल’लगायतका गीत गाएर मनोरञ्जन दिए ।

Advertisement

गायक मिंमार शेर्पाले ‘सधैँ सधैँ’, ‘तोङबाको रसिलो पानी’, ‘नखानु पानी तोङबा’ गीत गाए । करिब तीन हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा नलिना राई, लक्ष्मी राई लगायतका स्थानीय कलाकारहरुले पनि आकर्षक प्रस्तुति दिएका थिए । कार्यक्रम साँझ ८ बजे शुरु भएर राति २ बजेसम्म चलेको थियो ।

माघ ३ गते देखि महिला तथा पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको समापन कार्यक्रममा प्रदेश सांसद गोम्बु शेर्पा लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको सुनौलो विहानी युवा क्लबका अध्यक्ष डि.बी. राईले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै