spot_img

छाउपडी प्रथा हटाउन सुदूरपश्चिमका धाँमी पुजाराको भेला

spot_img

काठमाण्डौं । सुदूरपश्चिममा कायमै रहेको छाउपडी प्रथा अन्त्यका लागि धाँमी पुजारा नै कस्सिएका छन् । जस अनुसार पोखरामा दुई दिने भेलाकै आयोजना गरियो ।

Advertisement

गरिमा परियोजना अन्तरगत रीड नेपाल र ग्रीन तारा नेपालको आयोजना तथा स्थानीय तहको समन्वयमा पोखरामा २ दिने धाँमी पुजाराको भेला सम्पन्न गरिएको छ । सुदूरपश्चिममा कायमै रहको छाउपडी प्रथा अन्त्यका लागि धाँमी पुजाराको भेला आयोजना गरिएको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले जानकारी दिए ।

Advertisement

भेलामा बझाङको खप्तड छान्ना गाउँपालिका र बाजुरा जिल्लाको खप्तड छेदेदह गाउँपालिकाका ५० जना धाँमी पुजाराहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिममा महिनावारी भएको बेला छुट्टै ठाउँमा राख्ने, खाना पकाउन नमिल्ने, गाई भैशीको दूध खान नहुने, अरुलाई छुन नहुने भन्ने अन्धविश्वास कायम रहेको देखिन्छ भने त्यसो गरेमा देवी देवता रिसाउने र पाप लाग्छ भन्ने चलन कायमै छ । यस्ता अन्धविश्वासलाई चिर्नका लागि स्थानीय स्तरमा देवी देउताका दुतको रुपमा मानिने धाँमी पुजाराहरुलाई नै बुझाउदा छाउपडी प्रथालाई अन्त्य गर्न सकिने आयोजक संस्थाको विश्वास छ ।

Advertisement

भेलामा छाउ वा महिनावारीको बारेमा बुझाउने र छाउपडी प्रथाका कारण महिलाले पाउने दुख र संभावित दुर्घटनाको बारेमा छलफल चलाइएको छ । भेलामा स्थानीय लामा गुरु पुरोहितहरुलाई समेत अनुभव साटासाट गर्न लगाइएको थियो । भेलाले २२ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा छाउपडी प्रथा हटाउन तथा महिनावारीलाई व्यवस्थित गर्न धाँमी पुजाराको सकारात्मक भूमिका रहने प्रतिबद्धता समेत जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै