सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा शिक्षकको योगदान महत्वपुर्ण रहने बताए ।
रीड नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिमको उद्घाटन कार्यक्रममा अध्यक्ष कुलुङले नीजि स्कुलको तुलनामा सामुदायिक विद्यालयको शिक्षकको सुविधा राम्रो हुँदा पनि शैक्षिक गुणस्तर कमजोर हुनु लज्जाको विषयको भएकाले गुणस्तर सुधारमा योगदान गर्न सामुदायिक विद्यालयलाई शिक्षकहरुलाई आग्रह गरे ।
![गुणस्तर सुधारमा योगदान गर्न शिक्षकलाई महाकुलुङ अध्यक्ष कुलुङको आग्रह 1 321906703 3285352801725089 43734936404670704 n](https://www.satyapress.com/wp-content/uploads/2023/01/321906703_3285352801725089_43734936404670704_n-1024x683.jpg)
आइतबारबाट बुङ स्थित सगरमाथा माविमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको अध्यक्षता रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गरेका थिए । कार्यक्रममा ! प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास समिति संयोजक पर्खिधन राई, शिक्षा शाखा प्रमुख झमक बहादुर कटवाल लगायतको उपस्थिति रहेको थियो ।
तालिममा महाकुलुङका ८ विद्यालयका २४ जना शिक्षक र दूई जना स्थानीय स्रोत शिक्षक गरी २६ जनाको सहभागिता रहेको छ । तालिममा अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषयलाई समेटेर तालिम दिइने रीड नेपालले जनाएको छ ।
![गुणस्तर सुधारमा योगदान गर्न शिक्षकलाई महाकुलुङ अध्यक्ष कुलुङको आग्रह 2 322014450 666283535276479 2167977888010566028 n](https://www.satyapress.com/wp-content/uploads/2023/01/322014450_666283535276479_2167977888010566028_n-1024x683.jpg)
तालिमको सहजीकरण मुक्ति घिमिरे (अंग्रेजी), सरद गौतम (गणित), राजिभ ढुंगाना (विज्ञान), विष्णु प्रसाद उपाध्याय र सुजाता राई (सामाजिक) र सोनाम लामाले (प्रविधि)गर्नेछन् । सोही प्रकृतिको तालिम सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी, नेचासल्यान र थुलुङ दुधकोशी गाउँपालिकामा पनि संचालन गरिसकिएको छ ।