spot_img

वडा अध्यक्ष बस्नेतले लिए शिक्षक तालिम

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ का वडा अध्यक्ष युजन बस्नेतले ५ दिनको शिक्षक तालिम लिएका छन । रीड नेपाल र थुलुङ दुधकोशी गाउँपालिकाको सयुक्त आयोजनामा वीरेन्द्रोदय माविमा पौष ७ गते देखि ११ गते सम्म संचालन भएको आधारभूत तहका शिक्षकको क्षमता अभिवृद्धि तालिम वडा अध्यक्ष बस्नेतले लिएका हुन् ।

Advertisement

तालिममा अंग्रेजी, सामाजिक, गणित, विज्ञान र प्रविधिका विषयवस्तु समेटिएका थिए । उक्त तालिममा पुरै ५ दिन वडा अध्यक्ष बस्नेत सहभागीकै रुपमा सहभागी भएका हुन् । वडा शिक्षा समितिको संयोजक वडा अध्यक्ष हुने हुँदा वडाको शिक्षालाई सुधार गर्न, अनुगमन तथा मुल्यांकन गर्न सहज होस् भन्ने हेतुले तालिममा सहभागी भएको वडा अध्यक्ष बस्नेतले बताए । आफ्नो प्रमुख प्राथमिकता शिक्षाको सुधार रहेकोले आफूमा पनि ज्ञान आवश्यक हुनुपर्ने महसुस गर्दै तालिममा सहभागी भएको उनको भनाई छ ।

Advertisement
314447004 911097813404613 5394630311552004140 n

उनले भने, ‘फुर्सदको समयमा विद्यालयमा गएर शिक्षण गर्ने सोच बनाएको छु । पठनपाठन र कक्षा कोठा अनुगमन तथा अवलोकन पनि गर्दै जानेछु ।’ तालिममा ३५ विद्यालयका ९१ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम समापनमा रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले रीडको तर्फबाट वडा अध्यक्ष बस्नेतलाई तालिममा सक्रियताका साथ सहभागी भएको भन्दै सम्मान गरेका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै