spot_img

करोडौ लगानीमा निर्मित फाप्लु विमानस्थलको गेट प्रयोगविहिन

spot_img

सोलुखुम्बु । करोडौ लगानीमा निर्मित सोलुखुम्बुको फाप्लु विमानस्थलको गेट प्रयोगविहिन बनेको छ ।

Advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणको ८ करोड ७८ लाखको लागतमा २०७७ सालमा निर्माण गरिएको विमानस्थल प्रवेश गर्ने मुख्य गेट वर्षौदेखि प्रयोगविहिन बनेको छ ।

Advertisement

विमानस्थल भित्रिने र बाहिरिने द्वार प्रयोग नहुँदा हवाइयात्रु सागुँरो मार्ग प्रयोग गर्न बाध्य छन् । विमानस्थलमा ठुला समाग्रीहरु प्रवेश गराउनुपर्ने वा निकाल्नुपर्ने अवस्थामा कठिनाइ हुने गरेको यात्रुहरु बताउछन् ।

Advertisement
IMG 0229

नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले गेट भन्दा भित्र भागको वाल (करिब ५ मिटर)मा ग्याभिङ जाली नभएकाले सञ्चालन नगरिएको बताए । उनले भने, ‘धावनमार्गको माथिल्लो भागको स्टेपमा समेत प्राविधिक समस्या रहेकाले मर्मत पश्चातपछि मात्रै सञ्चालन गर्ने तयारी छ । जस्को लागि प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्राचार गरिसकेका छौँ ।’

प्राधिकरणका आयोजना प्रमुख इन्जिनियर रत्न बहादुर श्रेष्ठले भने उक्त गेट सञ्चालन गर्नमा समस्या नरहेको दाबी गरे । २०७७ सालमा निर्माण गरिएको गेट केहि महिनामै भत्किएपछि पुनः मर्मत समेत गरिएको थियोे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै