spot_img

सोलुकै ठूलो सामुदायिक वन राप्छा वनको अध्यक्षमा खालिङ निर्वाचित

spot_img

सोलुखुम्बु, ९ पुस । डिभिजन वन कार्यालय सोलुखुम्बु मातहत रहेको नेले सव डिभिजन वन कार्यालय अन्तर्गत पर्ने सबैभन्दा ठूलो सामुदायिक वन राप्छा सामुदायिक वनको अध्यक्षमा प्रकाश खालिङ निर्वाचित भएका छन् । शुक्रबार राप्छा सामुदायिक वन समुहको आमभेलासँगै अध्यक्ष पदका लागि निर्वाचन भएको थियो ।

Advertisement

अध्यक्ष पदका लागि भएको निर्वाचनमा खालिङले समुहका निवर्तमान अध्यक्ष नौबीर राई र पूर्व उपाध्यक्ष जोरबीर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । पत्रकारिताबाट सामाजिक र राजनीतिमा प्रवेश गरेका खालिङ पछिल्लो समय आफ्नै गाउँको विकास केन्द्रित अभियानमा जोडिएर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

Advertisement

अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष खालिङले सामुदायिक वन सिंगो वडाकै एक महत्वपूर्ण सम्पति र स्रोत भएकाले यसको सहि सदुपयोगसँगै वनको संरक्षण संवद्र्धन एवं प्रवद्र्धनका लागि दृढतापूर्वक कार्य गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

उनले आफ्नो कार्यकालमा विगतको आर्थिक तथा संस्थागत गतिविधिलाई स्पष्ट पार्दै सबैलाई दस्तावेजीकरण गर्ने, समुहको आफ्नै व्यवस्थित कार्यालय स्थापना गर्ने र सम्बन्धित सरोकारवाला तथा उपभोक्ताहरुसँगको सहकार्यमा आर्थिक पारदर्शीताका लागि सुचना र प्रविधिमैत्री संयन्त्रको विकास गर्ने समेत घोषणा गरे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै