spot_img

सोलुमा दुई घर जल्दा ४२ लाख बढीको क्षति

spot_img

सोलुखुम्बु – सोलुखुम्बुमा आगलागीबाट दुई घरमा आगोलागी हुँदा ४२ लाख भन्दा बढीको क्षति भएको छ ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका भक्त बहादुर राई र नौधन राईको घर जल्दा ४२ लाख ८० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

विहिबार साँझ स्थानीय भक्त बहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्त बहादर र सँगै रहेको नौधनको घर समेत जलेको हो ।

Advertisement

आगलागीबाट ढुंगामाटोले बनेको र टिनको छानो भएको राईद्वयको २/२ तले घरसहित भित्र रहेको सबै धनमाल जलेर नष्ट हुँदा भक्त बहादरको ३१ लख बराबरको र नौधनको ११ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको हो ।


आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै