spot_img

चाबहिलमा एभरेष्ट इन्टरनेश्नलले शुरु गर्‍याे कोरियन भाषा कक्षा

spot_img

काठमाण्डौँ । दक्षिण कोरिया, नेपाली श्रमिकको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । बर्षेनी कोरिया लैजाने नेपाली श्रमिकको संख्या थप्दै गएसँगै कोरिया भाषा सिक्ने यूवाहरुको आकर्षण बढ्दै गएको छ । सोही परिस्थितिलाई ध्यानमा राख्दै एभरेष्ट इन्टरनेश्नल कोरियन इन्स्टिच्यूटले काठमाण्डौँको चाबहिल, गोपिकृष्ण चोक, चारुमति भवन (ओम हस्पिटलको अपोजिट)मा कोरियन भाषा कक्षा शुरु गरेको छ ।

Advertisement
316982612 471789078397221 1107850719896078704 n

सन् २०२३ को ईपिएस परीक्षालाई मध्यनजर गर्दै एभरेष्ट इन्टरनेश्नलले अत्याधुनिक कोरियन भाषा कक्षा शुरु गरेको हो । ईपिएस परीक्षाको तयारीको लागि सिबिटी र यूबिटीका कक्षा भौतिक र अनलाइनको माध्यमबाट संचालन भइरहेको एभरेष्ट इन्टरनेश्नलका सञ्चालक लक्ष्मण मिसन कार्कीले बताए । उनले भने, ‘सुलभ शुल्कमा बेसिक र एडभान्स तयारी कक्षा व्यवस्थित तवरले संचालन भइरहेको छ । इच्छुक व्यक्तिले ९८४९९९९२८१ र ९८१९८००९८५ मा सम्पर्क राख्न सक्नेछन् ।’

Advertisement
319362264 1275259776352024 7074056824924524522 n

एभरेष्ट इन्टरनेश्नलले कमजोर विद्यार्थीको लागि अतिरिक्त कक्षा, स्पेशल कोर्ष लिन चाहनेको लागि बेग्लै व्यवस्था, ग्रामर र मोडल प्रश्नमा केन्द्रीत पठनपाठन समेत गराइरहेको अर्का सञ्चालक दिप किराँतीले बताए । ‘१० जनाको समूह बनाएर आउनेलाई एक जनाको शुल्क फ्रि, ५ जनाको समूहमा आउनेलाई एक बराबरको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था मिलाएका छौँ ।’उनले भने ।

Advertisement
319155376 1301224130665432 1629333204931686881 n

कोरियाबाट फर्केका यूवाहरुद्वारा संचालित यस एभरेष्ट इन्टरनेश्नलले गरिब, जेहेन्दार, पिछडिएका बर्ग तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई भौतिक तथा अनलाइन कक्षामा विशेष छुटको व्यवस्था समेत मिलाएको छ ।

ईपिएस परीक्षा प्रणालीलाई दृष्टिगत गर्दै यूबिटी माध्यमद्वारा (ट्यावको प्रयोग गरि)हरेक दिन ट्रायल परीक्षा लिइने एभरेष्ट इन्टरनेश्नलका सञ्चालक पेम्बा ठिले शेर्पाले बताए । शेर्पाले भने, ‘कोरियन भाषाका अलवा जापनिज, अग्रेजी भाषा पठनपाठनसँगै अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको लागि आवश्यक परामर्श र प्रक्रियाको काम समेत गछौँ ।’

319323210 848893509571497 8287143413517563870 n

कोरियाबाट फर्केका सोलुखुम्बुका ५ यूवाले एभरेष्ट इन्टरनेश्नल कोरियन इन्स्टिच्यूट संचालनमा ल्याएका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै