काठमाण्डौँ । प्रियजन राईको गीत र आश कुमार राईको संगीतमा ‘नसोंचेकै काम’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको छ ।
सुरज कुमार थापाको मधुर स्वरमा रेकर्ड गीतलाई पूर्वेली जुनतारा म्यूजिकको अफिसियल यूटुवबाट सार्वजनिक गरिएको छ ।
स्टुडियो भिडियोको निर्देशन प्रियजन राईले गरेका हुने । भिडियोमा समिर राईको छायांकन र सम्पादन रहेको छ ।
स्टुडियोे किङमा रेकर्ड भएको यो गीतको रेकर्डीष्ट सुरेश राई र मनोज साङ्सोन हुन् भने एरेन्जर सुरज कुमार थापा हुन् ।
गीत सुमधुर बनेको निर्माण पक्षले बताएको छ ।