सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ५ दिने प्रारम्भिक बालविकास तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा नगरको समन्वयमा सल्लेरी स्थित जनजागृति आधारभूत विद्यालयमा सुरु गरिएको तालिमको उद्घाटन उपमेयर गान्धिमाया तामाङले गरिन् ।
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर शिक्षा सुपरिवेक्षक गोपालराज भुजेलको उपस्थिति रहेको थियो । उपमेयर तामाङले प्रारम्भिक बालविकास तालिम अतिनै महत्वपुर्ण रहेकोले सक्रिय भएर सिक्न आग्रह गरिन् ।
![सोलुदुधकुण्डमा शिक्षक तालिम सुरु 1 305910268 600286821640789 3824223315710083547 n scaled](http://www.himalsamachar.com/wp-content/uploads/2022/09/305910268_600286821640789_3824223315710083547_n-scaled.jpg)
चालु आर्थिक बर्षबाट नगरपालिकाले बाल विकास शिक्षकको पारिश्रमिकमा ५ हजार थप्ने निर्णय गरेको जानकारी गराउदै आगामी दिनमा पनि बाल विकास शिक्षकको हकहितको लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।
शिक्षा शाखा सुपरिवेक्षक गोपालराज भुजेलले बाल विकास महत्वपूर्ण भएको हुँदा तालिममा सक्रिय भएर सिकेका सिप कक्षाकोठामा लैजान आग्रह गरे । तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व, बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड, पाठ्यक्रम अध्ययन, कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन, विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुमा छलफल हुनेछ ।
![सोलुदुधकुण्डमा शिक्षक तालिम सुरु 2 305670893 516401060249288 8518639885023319683 n scaled](http://www.himalsamachar.com/wp-content/uploads/2022/09/305670893_516401060249288_8518639885023319683_n-scaled.jpg)
तालिममा नगरपालिकाका १९ विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास केशवदेव गिरी तथा शिक्षा विकास अधिकृत सुजता राईले गरिरहेका छन् । रीड नेपालको सोलुखुम्बुका एक सय शिक्षकहरुलाई तालिम दिने योजना अनुसार सोताङ, महाकुलुङ, थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिकाका बालविकास शिक्षकलाई तालिम दिइसकेको छ ।