spot_img

सोलुबाट हेम, असिम र शिव संघीय उम्मेदवार सिफारिस

spot_img

सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र्र सोलुखुम्बुले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार सिफारिस गरेको छ ।

Advertisement

प्रतिनिधि सभा प्रत्यक्ष तर्फ हेमकुमार राई, असिम राई, शिवबहादुर बस्नेतको नाम सिफारिस गरेको छ । हेम कुमार वर्तमान प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हुन् भने असिम माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुका संयोजक तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष हुन् । शिव बहादुर माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।

Advertisement

प्रतिनिधि सभा समानुपातिक तर्फ दिल बहादुर नेपाली, पासाङ शेर्पाको नाम सिफारिस गरिएको छ । सल्लेरीमा सम्पन्न जिल्ला समन्वय समितिको विस्तारित बैठकले प्रदेश सभा (क)प्रत्यक्ष तर्फ गोम्बु शेर्पा (कर्ज्याङ), हिमाल गिरी, जुद्द बहादुर कार्की, राम कुमार राई, रामेश्वर कार्कीको नाम सिफारिस गरिएको छ भने प्रदेश सभा (ख) बाट प्रत्यक्ष तर्फ ठमनाथ पराजुली, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, दावा तेन्जी शेर्पाको नाम सिफारिस गरिएको छ ।

Advertisement

प्रदेश सभा (क) र (ख) बाट समानुपातिक तर्फ क्रमश : दिव्या खालिङ राई, शारदा माया तामाङ, दीपक श्रेष्ठ, रग्बा शेर्पा, अमृता कुलुङ, प्रल्हाद राई, बलबहादुर राई, धन कुमार विश्वकर्मा, केशर बहादुर राई, टेक बहादुर बस्नेत, अनिसा राईलाई समानुपातिक तर्फ प्रदेश उम्मेदवारको रुपमा सिफारिस गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै