spot_img

छिरिङलाई स्नुकर प्रतियोगिताको उपाधी

spot_img

हिमाली जिल्ला सोलुखुम्बुमा नै पहिलो पटक संचालन गरिएको स्नुकर प्रतियोगिताको उपाधी सोलुदुधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जितेका छन् ।

Advertisement

स्टार युथ क्लबले संचालन गरेको प्रतियोगिताको उपाधि जित्दै शेर्पाले नगद ५५ हजार ५ सय ५५ रुपैंयाको साथमा ट्रफि, मेडल र प्रमाण पत्र हात पारेका छन् ।

Advertisement
IMG 7347 Copy

जिल्लाभरका २९ खेलाडी सहभागि प्रतियोगिताको उपविजेता पासाङ शेर्पा भएका छन् । उनले नगद ३३ हजार ३ सय ३३ रुपै“या प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा पेम्वा शेर्पा र जमिन राईले तेश्रो स्थान हासिल गरेका छन् ।

Advertisement
IMG 7370 scaled

उनीहरुलाई नगद २२ हजार २ सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । विजेताहरुलाई सदरमुकाम सल्लेरीमा आयोजित कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङ र क्लबका अध्यक्ष नाम्गेल शेर्पाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका छन् ।

IMG 7205 Copy scaled

जिल्लाका ८ वटै स्थानीय तहबाट खेलाडी छनौट गरि जिल्ला सदरमुकाममा फाईन खेल संचालन गरिएको आयोजक संस्थाका महासचिव सुन्दर तामाङ(विजय)ले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै