spot_img

स्टार यूथ क्लबको काम : जनप्रतिनिधिसहित ११ जनालाई सम्मान

spot_img

सोलुखुम्बु – स्टार यूथ क्लब सोलुखुम्बुले जनप्रतिनिधि तथा विभिन्न क्षेत्रमा क्रियाशिल क्लबका संरक्षक, पदाधिकारी र सदस्यलाई सम्मान गरेको छ ।

Advertisement

जिल्ला स्तरिय स्नुकर प्रतियोगीताको उद्घाटन कार्यक्रममा क्लबका संरक्षक तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, क्लबका उपाध्यक्ष तथा माप्य दुधकोशी ४ का वडाअध्यक्ष भक्त राई, क्लबका सचिव तथा माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईलाई सम्मान गरिएको छ ।

Advertisement

त्यस्तै, क्लबका कोषाध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिका ६ का वडासदस्य सुजता तामाङ, क्लबका सांस्कृतिक विभाग संयोजक तथा माप्यदुधकोशी गाउँपालिका १ का वडाध्यक्ष सज्जन राई, क्लबका प्रचार प्रसार विभाग प्रमुख तथा थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की, क्लबका व्यवस्थापक प्रमुख तथा थुलुङ दुधकोशी गाउँपालिका २ का वडाध्यक्ष युजन बस्नेत, क्लबका सदस्य तथा माप्यदुधकोशी गाउँपालिका ४ का वडासदस्य सीता राईलाई सम्मान गरिएको छ ।

Advertisement

क्लबका नगर संयोजक तथा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष सरिता राई, क्लबका सदस्य तथा राष्ट्रिय यूवा परिषद् सोलुखुम्बुका अध्यक्ष सुजन राई र क्लबका सदस्य तथा क्लब गानका रचनाकार एवम् राष्ट्रिय भुमि आयोग सोलुखुम्बुका विज्ञ सदस्य गणेश राईलाई सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरेको महासचिव सुन्दर तामाङ (विजय)ले जानकारी दिए । उनीहरुलाई प्रतिनिधि सभा सदस्य हेम कुमार राई (शुरवीर)ले सम्मान गरेका हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै