spot_img

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

spot_img

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा विद्यालयमा संचालनमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । पालिका उपाध्यक्ष विना राईले विद्यार्थीहरुलाई पोशाक वितरण गरिन् ।

Advertisement

कार्यक्रम बोल्दै उपाध्यक्ष राईले शिक्षक र अभिभावकको सक्रियताले सामुदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताइन् । प्रविधिमैत्री सिकाईबाट सजिलो प्रकारले सिकाई उपलब्धि हासिल गर्न सकिने उपाध्यक्ष राईको भनाई थियो ।

Advertisement

कार्यक्रममा नेचासल्यान ३ का अध्यक्ष सिताराम भट्टराईले वडाको तहबाट शैक्षिक, भौतिक बिकासका कार्यमा विनियोजन भएका स्रोतको सदुपयोगमा सचेत रहेको र सामुदायिक विद्यालयको गुणस्तर उकास्न वडा पालिका प्रतिबद्ध रहेको बताए । शिक्षा शाखा सयोंजक माधबमणी ढुंगानाले सिकाई उपलब्धि सुधारमा अभिभावक र शिक्षकको नै पहिलो भुमिका रहने बताए ।

Advertisement

कार्यक्रममा हिमाल दर्शन माविका प्रधानाध्यापक असोक कुमार शर्मा, कार्यपालिका सदस्य जयन्ता अधिकारी, कालिका आविका प्रध्यानाध्यापक होम प्रसाद कटेल, फिडरका नेचासल्यान कार्यक्रम संयोजक गणेश ढुंगाना लगायतले आ–आफ्नो मनत्व्य राखेका थिए ।

सोही अवसरमा जालपा देबि आमा समूहले रीड नेपालले स्थापना गरिएको विउँ पूँजी रकमबाट विद्यालका सम्पुर्ण छात्र छात्रालाई शैक्षिक सामाग्री समेत वितरण गएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । कार्यक्रममा अक्षयकोषदाता, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो ।

शहिद नरनाथ आधारभूत विद्यालयलाई रीड नेपालले नमुना विद्यालय घोषणा गरेर काम गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै