spot_img

सोलु सामुदायिक अस्पतालको उद्घाटन

spot_img

सोलु सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका ६ छुल्यामुमा निर्माण गरिएको अस्पतालको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र उपमेयर गान्धिमाया तामाङले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर शेर्पाले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको दाबी गरे । जिल्ला अस्पताल फाप्लुमा सुविधा सम्पन्न भवन निर्माण गरि सेवा प्रवाह सुरु गरेको बताउँदै मेयर शेर्पाले सोलु सामुदायिक अस्पताललाई दिगो सञ्चालनका सन्दर्भमा आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धिमाया तामाङले जिल्लामा विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको बताईन् । कार्यक्रममा सोलु साुमदायिक अस्पतालका अध्यक्ष तथा प्रमख डाक्टर राजेन्द्र बस्नेतले ५ वर्षृ कार्ययोजना सार्वजनिक गरेका छन् । अस्पतालले १ वर्ष भित्रमा पिएफ.टि फोक्सो रोगको विशेष उपचार विधि, डिजिटल एक्स–रे १ महिना भित्रमा, अपरेसन थिएटर ३ महिना भित्रमा, हालको डि ग्रेड ल्याबलाई अपग्रेड गरि बि ग्रेडको ल्याब बनाईने र ३० बेडको अस्पताल बनाईने कार्ययोजना सार्वजनिक गरे ।

Advertisement

त्यस्तै ३ वर्ष भित्रमा मुटुको उपचार, शल्यचिकित्सा, प्रसुति तथा नवजात शिशुको उपचार तथा स्त्री रोग विभाग, डेन्टल विभाग, ईन्डोस्कोपी, क्लोनोस्कोपी,आईसियु र ५० शैयाको अस्पताल बनाउने लक्ष्य छ । त्यस्तै, ५ वर्ष भित्रमा सिटि स्क्यान, आईसियु, सिसियु, र डिआईसियु, पारामेडिकल कलेज, र अस्पताल १०० बेडमा स्तरोन्नती गर्ने लक्ष्य रहेको डाक्टर बस्नेतले बताए ।

IMG 6918 1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै