सोलुखुम्बुको नेचामा सञ्चालन गरिएको करदाता शिविरमा २५० जनाले सेवा लिएका छन् । नेचासल्यान उद्योग बाणिज्य संघको आयोजना एवं करदाता सेवा कार्यालय ओखलढुंगाको समन्वयमा शुक्रबार र शनिबार सञ्चालन गरिएको शिविरमा नेचासल्यान गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।
शिविरमा पुरानो पान नम्बरलाई बायोमेट्रिक प्रणाली मार्फत डिजिटल बनाईएको, नयाँ व्यवसायिक पान नम्बर वितरण, व्यक्तीगत पान नम्बर प्रदान गरिएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।
साथै करदाता शिक्षाका बारेमा समेत जानकारी गराईएको छ । उद्योग बाणिज्य संघ नेचासल्यानले कर कार्यालय ओखलढुंगाका कर्मचारीलाई सम्मान गरेको छ ।