spot_img

सोलुमा २६ सय बढि मतदाता थपिए

spot_img

सोलुखुम्बुमा कुल मतदाताको संख्या ८२ हजार नाघेको छ । स्थानीय तह निर्वाचन पछि २६ सय ४९ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएसँगै जम्मा मतदाताको संख्या ८२ हजार ६ सय ६८ पुगेको हो ।

Advertisement

कार्यालयका सुचना अधिकारी नेत्र घिमिरेका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा ८० हजार १९ जना मतदाता रहेका थिए । तर निर्वाचन आयोगले गत असार १ गतेदेखि साउन १९ गते सम्म खुल्ला गरेको नामवली दर्ता कार्यमा २६ सय ४९ जना नयाँ मतदाता थपिएका हुन् ।

Advertisement

उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयमा रहेको डेक्सबाट ८८८, इलाका प्रशासन कार्यालय सोताङबाट ४४८ र जिल्ला निर्वाचन कार्यालयबाट १३ सय १३ जनाले नाम दर्ता गराएको कार्यालयको तथ्यांक छ ।

Advertisement

यद्यपी अहिले नामावली रुजु गर्ने कार्य भईरहेकाले उक्त संख्यामा केही तलमाथी हुन सक्ने सुचना अधिकारी घिमिरेले बताए । सरकारले आगामी मंसिर ४ गते एकै चोटी संघिय र प्रदेश सभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ । यससँगै साउन २० गतेबाट नामवली संकलन कार्य रोकिएको छ ।

सोलुखुम्बुमा एक संघिय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै