spot_img

सोलु प्रहरीको निष्कर्ष : तिब्र गति दुर्घटनाको कारण

spot_img

सोलुखुम्बुमा ३५ प्रतिशत भन्दा बढी सवारी दुर्घटना तिब्र गतिका कारण भएको पाइएको छ । जिल्लामा एक आर्थिक बर्ष भित्र भएका कुल दुर्घटनाको संख्या मध्ये ३५.४८ प्रतिशत तिब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा ३१ वटा दुर्घटनामा ३५ वटा सवारी संलग्न भएका छन् । जसमध्ये ११ वटा दुर्घटनाका कारक तत्व तिब्र गति नै पाइएको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कुमार कटवालले जानकारी दिए ।

Advertisement

उनका अनुसार १० वटा सडकको अवस्थाका कारण, ३ वटा ओभर टेकका कारण, २ वटा यन्त्रिक गडबढीका कारण, २ वटा मापसेका कारण, लापरबाही, पैदलयात्री र सवारी चालक अनुमती पत्र विना सवारी चलाइएका कारण १/१ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांक छ । जसबाट ४ जनाको मृत्यु, ७ जना गम्भिर घाईते र ४३ जना सामान्य घाईते भएका छन् ।

Advertisement

गत आर्थिक बर्षमा मोटर साईकल १२ वटा, जिप तथा कार ७ वटा, ट्याक्टर ५ वटा, टिपर र अटो रिक्सा (टेम्पो)४/४ वटा तथा ट्रक २ वटा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै