सोलुखुम्बुको सल्लेरीमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ५ र ६ को सिमाना नजिकको सडकबाट उकालो चढ्दै गर्दा कुकुरलाई बचाउन खोज्दा प्रदेश नं ३–०१–०२४ च ८८७८ नंम्बरको बोलेरो खोल्सामा खसेको हो । बोलेरोमा सवार ६ जनाकै उद्धार गरिएको छ ।
घाईते हुनेहरुमा चालक सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ७ का ३० बर्षीय विशाल खत्री, महाकुलुङ गाउँपालिका ३ की २१ बर्षीय सृष्ट्रि राई, थुलुङ दुधकोशी गाउँपालिका ८ की ४८ बर्षीय संगित कला राई, महाकुलुङ गाउँपालिका १ की ६९ बर्षीया मनमाया राई, थुलुङ दुधकोशी गाउँपालिका ८ का २९ बर्षीय विजय राई र ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ३६ बर्षीय गुरु निमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार शुरु गरिएको छ । बोलेरो देउसाबाट यात्रु लिएर सल्लेरी बजार प्रवेश गर्दै गर्दा दुर्घटनामा परेको हो ।