spot_img

श्रीमान हत्या आरोपमा श्रीमती र एक छिमेकी पक्राउ

spot_img

सोलुखुम्बुमा श्रीमान हत्या आरोपमा श्रीमती र एक छिमेकी पुरुष पक्राउ परेका छन् ।

Advertisement

सोलुदुधकुण्ड नगरपालिका ५ जैदुका ५९ बर्षिय सुब्बा कामीलाई हत्या गरेको आरोपमा मृतकका श्रीमती ५५ बर्षिय बुदामाया विक र छिमेकी ५३ बर्षिय ङिमा तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार विक दम्पतीले शनिबार साँझ मादक पदार्थ सेवन गरेर घरायसी विवाद गरेका गरेका थिए । आइतबार विहान सुतेकै ठाउँमा सुब्बा कामीलाई मृत भेटाएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले मृतकका श्रीमती बुदामायालाई घरबाटै पक्राउ गरेको हो ।

Advertisement

सुब्बालाई टाउको, निधार र बाँया खुट्टामा चोट लागेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाई छ । उनको हत्या गर्न चक्कु र चिरपट दाउरा गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

घटनालगत्तै फरार रहेका छिमेकी ङिमा तामाङलाई लुकिछिपी बसेको अवस्थामा फाप्लुबाट आइतबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै