सोलुखुम्बुमा शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा दशकदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले जिल्लाका विभिन्न विद्यालयमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरिरहेको छ । स्थानिय तहको समन्वयमा कार्यक्षेत्र बनाएर काम गरेका विद्यालयमा अन्तरक्रिया गरिरहेको हो ।
![विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया गर्दै रिड नेपाल 1 285076525 337372731709398 7045843581938289924 n](https://www.satyapress.com/wp-content/uploads/2022/06/285076525_337372731709398_7045843581938289924_n-1024x579.jpg)
सोलुदुधकुण्ड नगरपालिकाको जन जागृति आधारभूत विद्यालय सल्लेरी, महाकुलुङको जनसुधार आधारभुत विद्यालय र नेचासल्यानको तिनकन्या आधारभुत विद्यालयमा अन्तरक्रिया गरेको हो । विद्यालयले वार्षिक रुपमा निर्माण गर्नुपर्ने विद्यालय सुधार योजनामा लैंगिक समानतातथा सामाजिक समावेशीकरणको विषयलाई पनि समेटेर निर्माण गर्नुपर्ने कुरालाई जोड दिएको रिड नेपाल सोलुखुम्बुका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।
![विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया गर्दै रिड नेपाल 2 286141238 719115676086261 6031478823182810087 n](https://www.satyapress.com/wp-content/uploads/2022/06/286141238_719115676086261_6031478823182810087_n-1024x446.jpg)
सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका १ सय विद्यालयमा यो कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको रीड नेपालले जनाएको छ । ४० वटा विद्यालयमा यस अघि नै कार्यक्रम सम्पन्न गरिसकेको छ भने अन्य विद्यालयहरुमा निरन्तरता दिने बताईएको छ ।
![विद्यालय सुधार योजना निर्माणका लागि अन्तरक्रिया गर्दै रिड नेपाल 3 285635653 710922079960349 4477881593056139866 n](https://www.satyapress.com/wp-content/uploads/2022/06/285635653_710922079960349_4477881593056139866_n-1024x576.jpg)