spot_img

नेपाल लोकस्टार–२ : विवि र सुनिता आउट, कुमार, कुलेन्द्र र ज्योतिको इन्ट्रि

spot_img

काठमाडौं । लोक गायनमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि निर्णायक (जज)हरु तय गरिएको छ । शोको जजमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् ।

Advertisement

रामजी पहिलो सिजनमा पनि जजका रुपमा थिए भने कुमार बस्नेत, कुलेन्द्र बिश्वकर्मा र ज्योति पहिलोपटक रियालिटी शोको जजका रुपमा रहने भएका हुन् ।

Advertisement

पहिलो सिजनमा जजका रुपमा देखिएका जयनन्द लामाको निधन भएपछि उनको ठाउँमा कुमार बस्नेतलाई इन्ट्रि दिइएको छ । सुनिता दुलालको स्थानमा गायिका ज्योति मगर र संगीतकार विवि अनुरागीको स्थानमा गायक कुलेन्द्र विकलाई ल्याइएको छ ।

Advertisement

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् । उनले प्रतिस्पर्धीहरुको संगीत कौशल निखार्न सहयोग गर्नेछन् ।

नेपाल लोकस्टार ब्राण्डको स्वामित्व हिमालय टेलिभिजनले खरिद गरेसँगै शोलाई नयाँ टिम र शैलीमा ल्याउन लागिएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै