spot_img

काँग्रेस नेता निरौलाको राजनीतिक छलाङ, गाउँ पन्चायतदेखि समन्वय प्रमुखसम्म

spot_img

सोलुखुम्बु – जिल्ला समन्वय समिति सोलुखुम्बुको प्रमुखमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद निरौला निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

८ वटा स्थानीय तह रहेको जिल्लामा ५ वटा पालिकामा जित हाँसिल गरेको नेपाली काँग्रेसले जिल्ला समन्वय समितिमा एकल उम्मेदवार दर्ता गराएको थियो । जिल्ला समन्वय निर्माणका लागि ९ मत आवश्यक पर्नेमा १० मत काँग्रेससँग रहेकाले अन्य पार्टीले उम्मेदवार नदिए पछि काँग्रेसले एकल समिति बनाएको हो ।

Advertisement

२०३६ सालदेखि नेपाली काँग्रेसको राजनितिमा सक्रिय निरौला २०४३ को गाउँ पञ्चायतमा निर्वाचित भएका थिए । २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा साविक पञ्चन गाविको उपाध्यक्ष बनेका निरौला काँग्रेसको १२ औँ जिल्ला अधिबेशनबा जिल्ला उपसभापतिमा निर्वाचित भई करिब एक कार्यकाल नेपाली काँग्रेस सोलुखुम्बुको कार्यबाहक सभापति बनेर पार्टीको नेतृत्व गरेका थिए । ६२ बर्षिय निरौला यस पटकको स्थानीय तह निर्वाचनमा थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

Advertisement

त्यस्तै समन्वयको उप प्रमुखमा सोलुदुधकुण्ड ३ बाट वडा सदस्यमा निर्वाचित टिकामाया मगर निर्विरोध भएकी छिन् । बाँकी रहेका ७ सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सितामाया बस्नेत र कमला नाछिरिङ रहेका छन् ।

आज काँग्रेसका उम्मेदवारको मात्रै मनोनयन परेकाले अगामि २६ गते निर्वाचित भएको घोषणा गरेर जेठ २९ गते सपथ ग्रहण गराउने मुख्य निर्वाचन अधिकृत सन्तोष पराजुलीले जानकारी दिए । बैषाख ३० मा सम्पन्न निर्वाचनमा नेकपा एमालेले २, माओबादी केन्द्रले १ र नेपाली काँग्रेसले ५ पालिका जितेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै