spot_img

खोटाङको हलेसी तुवाचुङले प्रधानाध्यापकसँग ग¥यो सम्झौता

spot_img

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले शैक्षिक गुणस्तर बृद्धिका लागि प्रधानाध्यापक सँग कार्यसम्पादन सम्झौता गरेको छ । शुक्रबार नगरपालिकाको शिक्षा शाखा र आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकबीच १४ बुँदे करार सम्झौता गरिएको हो ।

Advertisement

सम्झौतामा नगर शिक्षा संयोजक पदमबहादुर कार्की, वडा शिक्षा समिति अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका हुन् । नगरपालिकाका १२ वटा माध्यमिक र ७७ वटा आधारभूत विद्यालयसँग सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

सम्झौतामा काजमा खटिएका शिक्षक तथा कर्मचारिलाई खटाउनेले अनिवार्य रुपमा काज पत्र दिनु पर्ने साथै काज पत्रविना हाजिरीमा काज जनाउन नपाइने, प्रधानाध्यापकले प्रत्येक शिक्षकको महिनामा कम्तिमा १ पटक कक्षा अवलोकन गरेर तोकिएको ढाँचामा अभिलेख राखी सोको छायाप्रति त्रैमासिक प्रतिवेदन साथ पेश गर्ने लगायतका बुँदा समावेश गरिएको छ ।

Advertisement

विद्यालयको यथार्थ विवरणको प्रतिवेदन त्रैमासिक रुपमा शाखामा पेश गर्नुपर्ने, असार १ देखि प्रत्येक कक्षा कोठामा शिक्षण क्रियाकलाप पुस्तिका (लग बुक) मा तोकिएको लिखित विवरण राखी शिक्षण कार्यकलाप गर्ने, गराउने, असार १५ सम्ममा प्र.अ., शिक्षक तथा विद्यालय कर्मचारीको हस्ताक्षरसहित शिक्षा नियमावली तथा सोका अतिरिक्तको शिक्षक तथा विद्यार्थी आचारसंहिता बनाई देख्ने गरी सुरक्षित ठाउँमा राख्नुपर्ने उल्लेख छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै