spot_img

केपिलासगढिमा २२ जनालाई टनेला

spot_img

खोटाङ – केपिलासगढि गाउँपालिकामा २२ जना जनालार्ई टनेला वितरण गरिएको छ ।
केपिलासगढी गाउँपालिकाले सुरक्षित आप्रवासन परियोजना सामी अन्तरगत वडा नम्बर १ फेदी र वडा नम्बर ४ बाक्सिलामा सन्चालन गरिएको वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागि मध्ये ८ वटा समुहका २२ जनालाई टनेला वितरण गरिएको हो ।

Advertisement

साक्षरता कक्षाको सहजिकरण फुलपना राई र मनोसामाजिक परामर्श दाता सिर्जना निरौलाले गरेका थिए ।

Advertisement


उक्त सामाग्री केपिलासगढी गाउपालिकाका उपाध्यक्ष गुरुराज राई हस्तान्तरण गरे । सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र भर्पर्दो बनाउने उदेश्यले वैदेशिक रोजगारिमा रहेका, वैदेशिक रोजगारिमा गएर आएका र बैदेशिक रोजगारिमा जान लागेका ब्यक्ती तथा बिदेशमा रहेका परिवारका सदस्य हरुलाई २४ हप्ताको बितिय साक्षरता र मनोसामजिक परामर्श कक्षा संचालन गरिएको थियो ।

Advertisement


सामी परियोजनाले केपिलासगढी गाउपालिकाको ७ वटै वडामा काम गरेको भएपनि बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा भने हालसम्म २ वडाहरुमा मात्रै सन्चालन गरिरहेको छ । वडा नम्बर १ फेदीमा ४ वटा समुह र वडा नम्बर ४ बाक्सिलामा ४ वटा समूह गरि जम्मा ८ वटा समुहमा २४ हप्ताको कक्षा सम्पन्न भएको छ । भने दुबै समुहका सहभागीहरुको उपस्थित १००÷१०० गरि जम्मा २०० जना सहभागीहरु रहेका छन । जिबिकोपार्जनमा वा व्यवसायिक बन्न थप हौसला मिलोस भन्ने हेतुलले टनेला वितरण गरिएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै