spot_img

‘जलवायू परिर्वतन सम्बन्धि शिखर सम्मेलन’मा सहभागी हुने टोलीलाई उपराष्ट्रपतिले गरे झण्डा हस्तान्तरण

spot_img

काठमाण्डौँ । वल्र्ड रेकर्ड होल्डर सोसाइटी (विश्व किर्तिमानी समाज)को आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधारशिविरमा ‘विश्वको सर्बोच्च जलवायू परिर्वतन सम्बन्धि शिखर सम्मेलन’हुने भएको छ ।

Advertisement

आगामी मे २९ आधारशिविरमा हुने सम्मेलनका लागि काठमाण्डौँबाट प्रस्थान गर्ने वातावरण वैज्ञानिकसहितको टोलीलाई उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ)ले नेपालको झण्डा हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिए ।

Advertisement

उपराष्ट्रपति कार्यालयमा विहिबार भएको एक कार्यक्रममा उपराष्ट्रपति पुनले विश्वको ध्यान आकृष्ट गर्ने जलवायू परिर्वतन सम्बन्धी शिखर सम्मेलनको सफलताको शुभकामना दिएका हुन् । उनले विश्व किर्तिमानी समाजका अध्यक्ष सन्च बहादुर राईलाई नेपालको झण्डा हस्तान्तरण गर्दै राष्ट्रले गर्नुपर्ने काम एउटा सामाजिक संस्थाले गर्न लागेकोमा खुसी व्यक्त गरे ।

Advertisement

उक्त सम्मेलनमा यूनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट यूनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको प्रत्यक्ष सहभागीता रहनेछ । सोही कार्यक्रममा नेपालबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रो.डा. शिविलाल भुषाल, प्रो.डा.उमेश कुमार मण्डल, डा. नारायण कुमार घिमिरे र डा. दिवस श्रेष्ठसहित विश्व किर्तिमानी समाजका पदाधिकारीहरुको समेत सहभागीता रहनेछ ।

आधारशिविरमा गरिने जलवायू परिर्वतनका सवालमा समूह छलफल गरिने समाजका अध्यक्ष सन्च बहादुर राईले जानकारी दिए । टोली शुक्रबार आधारशिविर प्रस्थान गर्नेछ । राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा समाजका सचिव पुर्ण राईले शिखर सम्मेलनको उद्देश्यबारे प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्धय टेक बहादुर राई र माया गुरुङ, कोषाध्यक्ष बुद्धिराज राईको पनि उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै