spot_img

विजय जुलुस निकाल्न मात्रै बाँकी – बुद्धिकिरण राई

spot_img

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका अध्यक्षका उम्मेदवार बुद्धिकिरण राईले माप्यमा नेकपा एमालेले विजयी जुलुस निकाल्न मात्रै बाँकी रहेको बताए । उनले प्रक्रिया अनुसार मतदान बाँकी रहेपनि जनताको साथले विजयी बनिसकेको दाबी गरे ।

Advertisement

माप्य दुधुकोशी ६ घैयाबारीमा आयोजित कार्यक्रममा चोपु, सलनी र घैयाबारीका मतदातासँग भेटघाट गर्दै उम्मेदवार राईले माप्य एमालेले क्लिन स्विप गर्ने दाबी गरे । गठबन्धनमा विवादमा रुमल्लिएकाले एमालेको उम्मेदवारले पालिका देखि वडातहसम्म विजयी बन्ने उनको भनाई छ ।

Advertisement
279368465 360586022787348 7015957261861688211 n

विद्युतको पोल विस्तारको लागि केही रकम विनियोजन भएपनि कोरोनाका कारण काम गर्न नसकेकोमा दुख व्यक्त गरे । साथै मतदातालाई अन्य राजनीतिक दलको चिप्ला कुरामा नफस्न आग्रह गरे ।

Advertisement

चुनाबी कार्यक्रममा एमाले जिल्ला कमिटि सचिब आसकुमार (शिसिर)राई, अध्यक्षका उम्मेदवार बुद्धिकिरण राई, उपाध्यक्षका उम्मेदवार जुनिता माया मगर, वडा अध्यक्षका उम्मेदवार दिनेश कुमार राई लगायतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै