spot_img

मोतिविन्दुका ६५ विरामी निशुल्क शल्यक्रियाका लागि छनौट

spot_img

सोलुखुम्बुको विभिन्न १० स्थानमा संचालित आँखा शिविरबाट ६५ जना मोतिविन्दुका विरामी शल्यक्रियाका लागि छनौट गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा जिल्लाका ६ स्थानीय तहका १० स्थानमा भएको छनौट शिविरमा १४९४ जनाको आँखाको परीक्षण गरिएको छ भने सोही शिविरमा पहिचान भएका मोतिविन्दुका विरामीलाई निशुल्क शल्यक्रियाका लागि छनौट गरिएको हो ।

Advertisement

माप्य दुधकोशी गाउँपालिकाको काकु आइतबारेमा संचालित शिविरमा १९७ जनाको आँखा परीक्षण गरिएको मध्ये १० जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनौट गरिएको छ । सो शिविरमा २३ जनालाई चस्मा वितरण गरिएको छ । सोही गाउँपालिकाको वाकुमा सम्पन्न आँखा शिविरमा २७२ जनाले आँखा परीक्षण गराएका थिए । सोमध्ये ७ जना विरामीलाई शल्यक्रियाका लागि छनौट गरिएको छ । ३० जनालाई चस्मा र बाँकीलाई औषधि वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

Advertisement

त्यस्तै, ग्रामीण आँखा केन्द्र थुलुङ दुधकोशी र जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुको आयोजनामा पन्चनमा सम्पन्न आँखा शिविरमा ११२ जनाले आँखा परीक्षण गराए । ती मध्ये ४ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनौट गरिएको छ । देउसा स्वास्थ्य केन्द्रमा संचालित छनौट आँखा शिविरमा १०२ जनाको आँखा परीक्षण गरिएकोमा ७ जना मोतिबिन्दुका विरामीलाई निशुल्क शल्यक्रियाका लागि छनौट गरिएको छ ।

Advertisement
275179269 692557785131752 7992226771956193703 n

सोताङ गाउँपालिकाको दुर्गम स्थान पावैमा भएको शिविरमा १३२ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षण गराएकामध्ये ८ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाका लागि छनौट गरिएको छ । महाकुलुङ गाउँपालिकाको गुदेल स्वास्थ्य केन्द्रमा सम्पन्न आँखा शिविरमा १४५ जनाको आँखा परीक्षण गरिएको थियो भने १० जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनौट गरिएको, ५९ जनाले चस्मा सेवा लिएका छन् ।

नेचासल्यानका वरडाँडाँ निबारे स्थित स्वास्थ्य केन्द्रमा सम्पन्न आँखा शिविरमा १२२ जनाको आँखा परीक्षण गरिएको थियो । सोही शिविरबाट ७ जना मोतिबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनौट गरिएको छ भने २५ जनाले चस्माको सेवा लिएका छन् । सल्यान प्राथमिकता स्वास्थ्य केन्द्र दोदीमा सम्पन्न शिविरमा १३७ जनाको आँखा परीक्षण गराए । ती मध्ये ७ जना मोतिबिन्दुका विरामी शल्यक्रियाका लागि छनौट गरिएको छ भने सोही शिविरबाट २२ जनाले चस्मा सेवा लिएका छन् ।

275984956 2203598679792929 5254694556041431889 n

सोलुदुधकुण्ड नगरपालिकाको सिसाखोलामा आयोजित आँखा शिविरमा १४९ जनाको आँखा परीक्षण गरिएको छ । ती मध्ये ८ जना मोतिबिन्दुका विरामीलाई शिविरमा छनौट गरिएको छ । शल्यक्रिया शिविर बैशाख ८ र ९ मा जिल्ला अस्पताल फाप्लुमा आयोजना हुदैछ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ डा. सृजना अधिकारीको टोली सल्लेरी आउदैछन् । विरामीलाई बास र खानाको व्यवस्था आफैँ गर्ने गरि निशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै