spot_img

दशकपछि जितु र दमनको सहकार्य

spot_img

काठमाडौं । एक दशकपछि हाँस्य कलाकार जितु नेपाल र दमन रुपाखेतीको सहकार्य हुने भएको छ । टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा यी दुईले सहकार्य गर्ने भएका छन् । सहकार्यबारे जीतु र दमनले पुष्टि समेत गरेका छन् ।

Advertisement

मुन्द्रेको कमेडी क्लबले जितु र दमनलाई पुनः एउटै ठाउँमा ल्याएको छ । जसले निर्देशन गरेको कार्यक्रमबाट उनीहरु साथी भएका थिए । उनैले कमेडी क्लबलाई निर्देशन गर्दैछन् । दिनेश डीसी कार्यक्रमको निर्देशक हुन् ।

Advertisement

जितुले सामाजिक सञ्जालमार्फत दमनसँगको तस्वीर सेयर गर्दै ‘गठबन्धन’ बनेको उल्लेख गरेका छन् । दमनले पनि आफू मुन्द्रेको कमेडी क्लबमा आवद्ध भएको तर भूमिका भने निश्चित भइनसकेको बताए ।

Advertisement

डीसी प्रमुख कार्यकारी अधिकृत रहेको नयाँ टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन’मार्फत मुन्द्रेको कमेडी क्लब प्रसारण गर्ने तयारी भएको निकट स्रोत बताएको छ । वैशाख ४ गतेदेखि परीक्षण प्रसारण सुरु हुने बताइएको उक्त टीभी च्यानलले साउनदेखि नियमित प्रसारण आरम्भ गर्ने जनाइएको छ ।

दिनेश डीसी निर्देशित हास्य कार्यक्रम ‘ट्वाक्क टुक्क’मा अभिनय गर्ने क्रममा जितु र दमनको भेट भएको थियो । त्यही कार्यक्रममा जोडी बनेका यी दुईले सांगीतिक कार्यक्रम ‘गीताञ्जली’ सञ्चालन गरे ।

उनीहरुले सँगै स्टेज प्रस्तुति पनि दिए । स्टेज कार्यक्रमका दौरान यी दुईले कमेडी सिरियल ‘जिरे खुर्सानी’ सुरु गरे । यो सिरियलमा दमनले ६५ भागसम्म काम गरे अनि सिरियल छाडे ।

सिरियल छाड्नेतर्फ संकेत गर्दै दमनले यसलाई आफूहरुको दोस्तीमा भाइरस लागेको बताएका थिए । जितुका अनुसार उनीहरुबीच सामान्य मनमुटाव थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै