spot_img

हेलीकप्टर कम्पनीको अटेरी

spot_img

सगरमाथा राष्ट्रिय निकुञ्जको बेरुजु रकम फर्च्छौट नगर्ने हेलीकप्टर कम्पनीलाई निकुञ्ज क्षेत्रमा रोक लगाउने तयारी गरिएको छ । पटक पटक ताकेता गर्दासम्म ११ वटा हेलीकप्टर कम्पनीले उडान अवतरणको बेरुजु रकम फर्च्छौट गर्नका लागि तदारुकता नदेखाएपछि जिल्ला स्तरिय बन्यजन्तु अपराध नियन्त्रण इकाईको बैठकले उडान अवतरणमा रोक लगाउने निर्णय गरिएको हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययको अध्यक्षतामा बसेको बैठकले रकम दाखिलाका लागि ताकेता गर्ने र ताकेता गरिएपछि पनि दायारामा नआए प्रवेशमा रोक लगाउने निर्णय गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमीराज उपाध्ययले बताए । निकुञ्जले यस भन्दा अगाडी पटक पटक समयसिमा तोकेर र पत्र लेख्दै हेली कम्पनीलाई बक्यौता बुझाउन आग्रह गरेको थियो ।

Advertisement

कैलाश एयरले आ.व. ०७५÷७६ कै ८ लाख ६१ हजार बुझाउन बाँकी रहेको छ  । त्यस्तै, सिम्रिकको १८ लाख ३ हजार, एभरेस्ट हेलीको १३ लाख ८६ हजार, माउन्टेनले ७ लाख ४१ हजार र डाइनेस्टीले ७ लाख २९ हजार बुझाउन बाँकी रहेको निकुञ्जको तथ्यांक छ । अन्य सात कम्पनीहरूको भने ४ लाखभन्दा मुनि बक्यौता रकम रहेको निकुञ्जले जनाएको छ । तर, हेलिकोप्टर कम्पनीहरूले राजस्व बुझाउन बाँकी नरहेको बताउँदै आएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै