सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका एक कर्मचारी ठगी मुद्धामा पक्राउ परेका छन् ।
गाउँपालिकाको गाउँ प्रहरीमा कार्यरत सोही गाउँपालिका वडा नम्बर २ चौताराका ३१ बर्षीय निर कुमार नेवार रकम ठगी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी निरीक्षक एवं सुचना अधिकारी ऋषिराज ढकालका अनुसार गत असोज ६ गते स्थानीय सृजनशील बाल युवा क्लवका अध्यक्ष समेत रहेकाले नेवारले राष्ट्रिय बाणिज्य बैकं नेचासल्यान शाखाबाट संस्थाको नाम रहेको १ लाख ३० हजार नगद एकलौटी हिसाबले निकालेका थिए ।
तर उनले संस्थामा भने ९५ हजार रुपैयाँ मात्रै निकालेको विवरण पेश गरेको दाबी सहित संस्थाका सचिव कविराज प्रधानले जाहेरी दिएका थिए ।
गत र्चैत्र १४ गते पक्राउ परेका नेवारलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।