spot_img

राजनीति र काठमाण्डौँ सफा गर्न चुनावमा होमिएको हूँ : प्रदिप पौडेल (भिडियो)

spot_img

काठमाण्डौँ । काठमाण्डौँ ५ का प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले राजनीति र काठमाण्डौँ सफा गर्ने एजेण्डा लिएर निर्वाचनमा होमिएको बताए ।

Advertisement

नेपाली कांग्रेस काठमाण्डौँ–सोलुखुम्बु काठमाण्डौँ ५ सम्पर्क समितिको आयोजनामा शनिबार बसुन्धरामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवार पौडेलले राजनीतिमा देखिएको वेतिथी र काठमाण्डौँमा देखिएको भद्रगोलताको सुधारको लागि आफू मतदाताबाट अनमोदित हुन चाहेको बताए ।

Advertisement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले संसदलाई जिवन्त राख्न प्रदिप पौडेलले जित्नुपर्ने बताए । उनले निस्क्रिय संसदलाई चलायमान बनाउन देश र जनतालाई केन्द्रभागमा राखेर नीति निर्माणमा बहस र हस्तक्षेप गर्नका लागि पौडेललाई जिताउन मतदातालाई अफिल गरे ।

Advertisement

कार्यक्रममा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति तथा सोलुदुधुकण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, प्रदेश सभा ‘ख’का उम्मेदवार श्याम कुमार खड्का, समानुपातिक तारा लामा, निर्वाचन परिचालन समिति संयोजक दिपक केसी, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सीना, सोलुखुम्बु प्रदेश सभा ‘ख’कांग्रेस सभापति कर्मा शेर्पा लगायतका नेता तथा मतदाताको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै