spot_img
spot_img

‘लागु पदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापन’ विषयक कविताको उपाधि कार्कीलाई

spot_img

सोलुखुम्बु । ‘लागु पदार्थ दुव्र्यसन तथा विपद् व्यवस्थापन’ विषय सचेतनामुलक कविता प्रतियोगितामा निकिता कार्की प्रथम भएकी छन् । ‘हामी स्वयमसेवी अभियान’ कोशी प्रदेशको आयोजनामा आज सोमबार सल्लेरीमा सम्पन्न कविता प्रतियोगितामा हिमगंगा मावि लिखुपिकेकी कार्की प्रथम भएकी हुन् ।

Advertisement

प्रतियोगितामा हिमाल दर्शन मावि नेचाका सञ्जिव भण्डारी द्वितिय, गार्मा मावि गार्माका निर्मल कोईराला तृतिय र जिवन ज्योति मावि काँगेलकी सदिना बस्नेत सान्तवना भएका छन् । प्रथम, द्वितिय, तृतिय र सान्तवना स्थान हासिल गर्न सफल प्रतियोगितालाई क्रमश नगद ५ हजार, ३ हजार, २ हजार र १ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको ‘हामी स्वयमसेवी अभियान’का जिल्ला संयोजक तेज बहादुर बरुवालले जानकारी दिए ।

उनका अनुसार अभियानले जिल्लाको ५१ वटा सामुदायिक माध्यमिक विद्यालय मध्ये ३० वटामा ‘हामी स्वयमसेवी अभियान’को समुह गठन गरिएको छ । जिल्लामा दुव्र्यसन रोक्न र विपत व्यवस्थापनमा टेवा पुगोस भन्ने उदेश्यले गठित समुहका विद्यार्थीहरुको लागि प्रतियोगिता सञ्चालन गरिएको हो ।

Advertisement

उद्घाटन कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले दुव्र्यसन रोकथाम तथा विपत व्यवस्थापनका लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । मुलुक संघियतामा गएसँगै तिन तहको सरकार सकृय रहेकाले स्थानीय, प्रदेश र संघिय सरकारको समन्वय प्रभावकारी भयो भने मात्रै विकास र परिवर्तनले फड्को मार्न सक्ने बस्नेतले बताए ।

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले ‘हामी स्वयमसेवी अभियान’ गाउँ/गाउँ सम्म पुग्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रम प्रभावकारी रहेको भन्दै यसलाई गाउँघर सम्म विस्तार गर्नमा ढिला भईसकेको उनको भनाई छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले विद्यार्थीहरु सामाजिक सचेतना फैलाउने सवालमा राजदुत भएकाले विद्यार्थी मार्फत गरिएको कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । समाजको हरेक कुना कन्दरामा विद्यार्थी हुने भएकाले विद्यार्थी मार्फत सुरु गरिएको कार्यक्रमले सार्थकता पाउने प्रजिअ भट्टराईको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै