spot_img

देशभर ८ लाख ३८ हजार मतदाता थपिए

spot_img

निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर सञ्चालन गरेको मतदाता नामावली दर्ता दोस्रो चरणको अभियान सम्पन्न गरेको छ ।  दोस्रो चरणको अभियान सम्पन्न हुँदा ८ लाख ३८ हजार मतदाता नामावली दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

Advertisement

दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली दर्ता कार्यक्रम जिल्लास्तरमा निरन्तर चल्ने प्रवक्ता पौडेलले बताए । यस्तै, जिल्ला स्तरमा भने चुनावको मिति तोकिँदासम्म मतदाता नामावली कार्य निरन्तर जारी रहने आयोगका प्रवक्ता पौडेलको भनाइ छ ।

Advertisement

यसअघि ०७८ मङ्सिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । आयोगले एक महिनासम्म गरिएको मतदाता नामावली सङ्कलन कार्यक्रम दुई चरण सञ्चालन गरेको थियो । मतदाता नामावली सङ्कलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र सहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । यसअघि मतदाता नामावली सङ्कलन कार्यक्रम ७७ जिल्ला, जिल्ला प्रशासन कार्यालय र ४३ वटा इलाका प्रशासन कार्यालय निर्वाचन आयोगले सञ्चालन गरेको थियो । कानुन अनुसार निर्वाचनमा भोट  हाल्न पाउने उमेर भनेको १८ वर्ष हो । तर, निर्वाचन आयोगले १६ वर्ष पुगेका नेपाली नागरिकको नाम समेत सूचीकृत गरिरहेको छ । मतदाताका रूपमा सूचीकृत हुन १८ वर्षसम्म कुर्नु पर्दैन । १६ वर्ष पुगेर नागरिकता बनाइसकेपछि मतदाताका रूपमा सूचीकृत हुन पाइने आयोगले जनाएको छ ।  

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै