काठमाडौं, वैशाख २४ । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ ।
यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ । ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आएका थिए ।
त्यसपछि सन् २०२४ मा दुवैलाई चीनको सत्तारूढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो । विज्ञहरूका अनुसार, यो कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा हो ।
विगत केही वर्षयता चीनको सेना र रक्षासँग जोडिएका धेरै वरिष्ठ अधिकारीहरूमाथि कारबाही गरिएको छ । (एजेन्सीहरूको सहयोगमा)
















