spot_img

एभरेष्ट टुरिज्म अवार्ड २०२६ : पर्यटन, शान्ति र सांस्कृतिक पहिचानलाई एउटै मञ्चमा उभ्याउने तयारी

spot_img

काठमाडौँ, पुस १५ । आगामी मे २९ मा एभरेष्ट टुरिज्म अवार्ड २०२६ आयोजना हुने भएको छ । नेपालको पर्यटन, संस्कृति, शान्ति र सामाजिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित एएमएस म्यूजिक एण्ड इन्टरटेनमेण्ट प्रा.लि.को आयोजनामा उक्त अवार्डं आयोजना हुने भएको हो । उक्त कार्यक्रमबारे जानकारी दिन आज मंगलबार राजधानी काठमाडौँमा प्रेस मिट सम्पन्न भएको छ ।

Advertisement

यस अवार्ड केवल सम्मान कार्यक्रम मात्र नभई नेपाललाई विश्व पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा पुनःस्थापित गर्ने दीर्घकालीन अभियानको एक अङ्ग भएको संस्थाका अध्यक्ष सत्यकला तामाङ लामाले बताइन् । आयोजकले सगरमाथा क्षेत्रलाई केन्द्रमा राख्दै समग्र नेपाली पर्यटन, सांस्कृतिक विविधता र शान्तिको सन्देश विश्व समुदायसमक्ष पु¥याउने लक्ष्य लिएको बताएका छन् ।

Advertisement

नेपाल विश्व शान्तिको भूमि भएको उल्लेख गर्दै बुद्ध जन्मभूमि लुम्बिनीदेखि सगरमाथासम्म फैलिएको पहिचानलाई पर्यटनसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्य रहेको संस्थाका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए । यही भावनालाई आत्मसात् गर्दै ‘एभरेष्ट टुरिज्म अवार्ड २०२६’ लाई ‘विश्व शान्ति सम्मेलन २०२६’ सँगै आयोजना गरिने जानकारी गराइएको छ ।

Advertisement

विश्व शान्ति सम्मेलन २०२६ मा विभिन्न देशका शान्ति अभियन्ता, पर्यटन विज्ञ, कूटनीतिज्ञ, कलाकार, मिडिया व्यक्तित्व तथा विश्वभरका करिब ६५ देशका सामाजिक अभियन्ताहरूको सहभागिता रहने संस्थाका प्रमुख सल्हाकार नाम्गेल शेर्पाले बताए । सम्मेलनमार्फत विश्व शान्ति, दिगो पर्यटन, सांस्कृतिक सहअस्तित्व, वातावरण संरक्षण र मानवताको साझा मूल्यबारे बहस तथा विचार आदान–प्रदान गरिने उनको भनाइ छ ।

अर्का सल्हाकार महेश किराँतीले सगरमाथा केवल नेपालको गौरव मात्र नभई सम्पूर्ण मानव सभ्यताको साझा सम्पदा भएको उल्लेख गरे । सगरमाथा क्षेत्रको संरक्षण, दिगो पर्यटन विकास र स्थानीय समुदायको जीवनस्तर उकास्न यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । आयोजकका अनुसार एभरेष्ट टुरिज्म अवार्ड २०२६ अन्तर्गत पर्यटन, संस्कृति, संगीत, चलचित्र, मिडिया, समाजसेवा, वातावरण संरक्षण तथा अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरिनेछ ।

अवार्ड छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने आयोजकको दाबी छ । नेपालभित्र मात्र नभई नेपाल र विश्व शान्तिका लागि योगदान पु¥याएका विदेशी व्यक्तित्वहरूलाई समेत सम्मान गरिनेछ । विशेषगरी सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धन, हिमाली जीवनशैली, शेर्पा समुदायको योगदान, हिमाली संस्कृति र वातावरण संरक्षणका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ । टुरिज्म अवार्ड तथा विश्व शान्ति सम्मेलन २०२६ को मिति, स्थान र विस्तृत कार्यतालिका छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै