spot_img

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने आङ गेलु शेर्पाको घोषणा

spot_img

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शेर्पाले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित आफू केन्द्रीय पदाधिकारीमा उम्मेदवार बन्न लागेको बताए ।

Advertisement

“नेपाली कांग्रेसलाई आगामी आम निर्वाचनमा पहिलो दल बनाउने स्पष्ट लक्ष्यसहित म केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिन लागेको हुँ,” उनले भने । कांग्रेसभित्र वैचारिक नेताको छवि बनाएका शेर्पा निर्वाचनअघि नै नियमित महाधिवेशन हुनुपर्छ भन्ने संस्थापन पक्षीय २८ जना केन्द्रीय सदस्यहरू मध्येका प्रभावशाली नेता हुन् ।

Advertisement

पार्टीभित्र निर्वाचनअघि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र ध्रुवीकरण भइरहेका बेला कांग्रेस फुटको संघारमा पुगेको अवस्थालाई स्मरण गर्दै उनले आफूले मध्यमार्गी निर्णायक भूमिका खेलेको बताए ।

Advertisement

“केन्द्रीय समितिमा महाधिवेशन नगर्ने पक्षको बहुमत र विशेष महाधिवेशन नगरी नछाड्ने महाधिवेशन प्रतिनिधिहरूबीच तीव्र ध्रुवीकरण हुँदा पार्टी संकटतर्फ धकेलिँदै थियो,” शेर्पाले भने, “त्यस्तो अवस्थामा निर्वाचनअघि नियमित महाधिवेशन गरेर पार्टीलाई एकढिक्का बनाउने भूमिकामा म उभिएको हुँ ।”

तीन पटकसम्म सोलुखुम्बु जिल्लाको जिल्ला सभापति भइसकेका शेर्पा कांग्रेसको संगठन निर्माण, आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताका पक्षधर नेता मानिन्छन्।

विशेषगरी पार्टीभित्रको युवा पुस्तामाझ उनको लोकप्रिय छवि रहेको बताइन्छ । “अब कांग्रेसले केवल सरकारमा जाने राजनीति होइन, जनताको भरोसा जित्ने वैचारिक नेतृत्व दिनुपर्छ,” शेर्पाले भने ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै