spot_img

नेपाल–अमेरिका एलुम्नाइ नेटवर्क (नुसान) अध्यक्षमा ताम्राकार विजयी (को–को छन् कार्यसमितिमा ?)

spot_img

काठमाण्डौँ, पुस ५ । नेपाल–अमेरिका एलुम्नाइ नेटवर्क (नुसान) को अध्यक्षमा स्वर्णा ताम्राकार निर्वाचित भएका छन् । आज शनिवार ललितपुरमा सम्पन्न मतदान प्रकृयाबाट ताम्राकार अध्यक्षमा ताम्राकार निर्वाचित भएका हुन् ।

Advertisement

निर्वाचन समिति संयोजक भोलानाथ ढुंगानाका अनुसार कुल २४८ मतदाता रहेको नुसानको निर्वाचनमा १५६ मत खसेको थियो । खसेको मतमध्ये निर्वतमान महासचिव समेत रहेका ताम्राकारले ७० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको हो ।

Advertisement

अध्यक्ष पदमा भएको प्रतिस्पर्धामा निर्वतमान अध्यक्ष समेत रहेका प्रविणा अमात्यले ५४ मत र मनिष रेग्मीले ३२ मत प्राप्त गरेकोे निर्वाचन समितिले जनाएको छ । उपाध्यक्ष पदमा अग्निराज उपाध्याय (अनिल), सचिवमा प्रतिज्ञा बस्याल र कोषाध्यक्ष गार्गि नेपाल निर्वाचित भएका छन् । महासचिवमा भने निकेश बलामीे निर्विरोध निर्वचित भए ।

Advertisement

सदस्यहरू नवीना ज्ञवाली, पवन पौडेल, आस्था कुमारी चौधरी, प्रकाश लामिछाने, एलिश गुरुङ र कविता श्रेष्ठ निर्वाचित भए । ६ सदस्य पदका लागि १६ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए । निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने जनाइएको छ ।

नेपाल–अमेरिका एलुम्नाइ नेटवर्क (नुसान) नेपाल र संयुक्त राज्य अमेरिकाबीच सामाजिक, शैक्षिक, व्यावसायिक तथा संस्थागत सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्थापना गरिएको गैरनाफामूलक संस्था हो ।

नुसानमा अमेरिकी सरकारका विभिन्न अध्ययन, तालिम तथा आदान–प्रदान कार्यक्रमबाट लाभान्वित भइसकेका पूर्वविद्यार्थी तथा पेशागत व्यक्तिहरू आबद्ध छन् । नवनिर्वाचित अध्यक्ष ताम्राकारले नुसानलाई अझ व्यवस्थित, समावेशी र प्रभावकारी बनाउँदै नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै