spot_img

बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

spot_img

सोलुखुम्बु, साउन ९ । बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुको अध्यक्षमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । आज शुक्रबार सल्लेरीमा सम्पन्न चौथो अधिवेशनले पुष्पराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

Advertisement

कार्यसमितिमा उपाध्यक्षमा पुष्प प्रधान, सचिवमा होमनाथ खत्री र सहसचिवमा प्रेमकुमार राई चयन हुनुभएको छ । साथै सदस्यहरूमा चतुरमान तामाङ, सुजन कुलुङ राई, सुजन कठेत, प्रमिला श्रेष्ठ, खोम बहादुर साउदलगायत रहेका नवनिर्वाचित सचिव खत्रीले जानकारी दिए ।

Advertisement

कार्यसमितिकोकोषाध्यक्ष र बाँकी तीन जना सदस्यहरू भने आगामी बैठकमार्फत मनोनीत गरिने जनाइएको छ । अधिवेशनमा जिल्लाका विभिन्न सहकारी संस्था, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Advertisement

नयाँ नेतृत्वले संस्था सुदृढ गर्दै कर्मचारीहरुको हक–अधिकार संरक्षणमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खगेन्द्र बनले नयाँ नेतृत्वलाई बधाई दिँदै वित्तीय क्षेत्रका कर्मचारीहरूलाई एकताबद्ध गर्दै पेशागत हितका मुद्दामा सशक्त आवाज उठाउन आग्रह गरे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै