spot_img

सोलुको खुलेको मौसम अनि चहकिलो नुम्बुर हिमाल(फोटो फिचर)

spot_img

मंसिर ३, सोलुखुम्बु । केही दिन यता हिमाली जिल्ला सोलुखुम्बुको मौसम अत्यन्त खुलेको छ । मौसम खुलेसँगै वरपरका मनमोहक दृष्यहरु अत्यन्त प्रष्टसँग देखिएको छ ।

Advertisement

जिल्ला सदरमुकाम सल्लेरीबाट आँखै अगाडी देखिने नुम्बुर हिमाल र वरपरका डाँडा तथा पहाडले अवलोकनकर्ताको मन लोभ्याउन लागेको छ । निलो आकाश, टलक्क चाँदी झै टल्किएको हिमाल र आसपासका मनै लोभ्याउने पहाड तथा अन्य दृष्यहरुले जोकोहीलाई मनमोहक बनाएको छ ।

Advertisement

मौसम खुलेसँगै सल्लेरीमा केही न्यानो महसुस समेत गरिएको सल्लेरीका राम कुमार राजभण्डारीले बताए । उनले भने, ‘अस्ति केहि दिन अघि अलिक चिसो थियो तर हिजो आज त मौसम खुलेर निक्कै तातो महसुस भईराछ, दिन उग्रिदा त वरपरको वातावरण पनि कति राम्रो देखिएको, हेरिरहौँ लाग्ने’ ।

Advertisement

मौसममा सुधार आएसँगै फाप्लु विमानस्थल र लुक्ला विमानस्थलमा बिहानै देखि हवाई उडान भएको छ भने स्थानीयवासीहरु समेत न्यानो घाममा मस्तसँग रमाईरहका छन् ।

IMG 1582
IMG 1580
Number Himal
IMG 1579
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै