spot_img

खुम्बु पुग्ने पर्यटकको संख्या ८६ प्रतिशतले बढ्यो, निकुञ्जको राजस्व एकै महिना २ करोड बढी

spot_img

कार्तिक १५, सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्ने पर्यटकको सङ्ख्यामा ८६ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तुलनामा असोजमा खुम्बु भ्रमण गर्ने पर्यटकको सङ्ख्या ८६ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।

Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौमा १ हजार ३ सय २४ पर्यटक सगरमाथा क्षेत्र पुगेका थिए भने असोजमा ९ हजार ८ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले ८ हजार ४ सय ८६ ले र प्रतिशतको हिसाबले ८६.५ प्रतिशतले बढी हो ।

Advertisement

असोजमा खुम्बु पुग्ने पर्यटक मध्ये ८ हजार ५ सय ५१ विदेशी र १ हजार २ सय ५९ नेपाली रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । जसबाट निकुञ्जले एकै महिनामा २ करोड १० लाख ५४ हजार ४ सय ७ रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको सुचना अधिकारी मण्डलले बताए ।

Advertisement

त्यस्तै साउन महिनामा भने २ सय ८ पर्यटक खुम्बु भित्रिदा ६ लाख ५६ हजार २ सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय, अन्य मुलुकका पर्यटकबाट ३ हजार, र नेपाली पर्यटकबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिना श्रावन, भाद्र र असोज सम्ममा ११ हजार ३ सय ४२ पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । जसमा १ हजार ४ सय ५९ नेपाली, १ हजार ४ सय १९ सार्क मुलुकका र ८ हजार ४ सय ६४ अन्य मुलुकका विदेशि पर्यटक रहेका छन् ।

जसबाट २ करोड ५१ लाख ५ हजार ८ सय ९२ रुपैया ४ पैसा राजस्व सङ्कलन भएको छ । वि.सं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ देखि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । यसको क्षेत्रफल १ हजार १ सय ४८ वर्ग कि.मि रहेको छ ।

यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयु जस्ता हिमचुचुराहरु समेत छन् । यस निकुञ्जन भित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै