spot_img

लिखुपिकेका किसानलाई अलैँची टिप्न भ्याइनभ्याई

spot_img

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाको पश्चिमी भेगका किसानको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।

Advertisement

अलैँची टिप्ने मौसम भएकाले अहिले किसानहरू दशैँ जस्ता ठुला चाडपर्वको समेत प्रवाह नगरी अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसानहरु दशैँको अवसरमा घर फर्किएको मौका छोपि अलैँची भित्र्याउनमा जुटेको लिखुपिकेका किसान कृष्ण बस्नेतले बताए ।

Advertisement

असोजको पहिलो सातादेखि जिल्लाको लिुखुपिके गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा लगाईएको अलैँची टिप्न सुरु गरिएको छ । अलैँची पाक्न थालेपछि थन्क्याउन अर्थात टिप्नलाई ढिलो भएमा चरामुसाले खाएर नोक्सानी गर्ने भएकाले पनि यतिबेला किसानलाई भ्याइनभ्याई भएको हो ।

Advertisement

पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरेको चरा, मुसा र कालाजस्ता जङ्गली जीवले खाएर सखाब बनाउने गरेको गोलीका सुरत बहादुर बस्नेतले बताउनुभयो । जसका कारण अन्य सबै काम छोडेर अलैँची पाक्ने अहिलेको सिजनमा किसानलाई भ्याइनभ्याई हुनेगरेको उनले बताए ।

अलैँची सिजनमा सबैतिर एकै पटक टिप्ने र थन्क्याउने काम गर्नुपर्ने भएकाले काम गर्ने जनशक्ति नै नपाइने हुँदा थप व्यस्त हुनुपरेको पनि किसानको भनाइ छ । लिखुपिकेलाई जिल्लाको मुख्य अलैँची उत्पादन हुने क्षेत्रको रुपमा लिइन्छ, तर महाकुलुङ क्षेत्रमा पनि केहि मात्रामा अलैँची खेती हुने गरेको किसानले बताएका छन् ।

जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अँधेरीलगायतका क्षेत्रमा गरी एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुनेगरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेललगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो ।

जिल्लामा गत वर्ष करिब १५० हेक्टर क्षेत्रफलमा गरिएको व्यवसायीक अलैँची खेतीबाट १३० मेट्रिकटन अलैँची उत्पादन भएको छ । पछिल्लो केही वर्षयता अलैँचीको उत्पादनशिल क्षेत्र क्रमिक रुपले बृद्धि भईरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै