spot_img

सगरमाथा क्षेत्रमा ५ दिनदेखि सम्पर्क विहीन जर्मन नागरिक लबुचेमा भेटिए

spot_img

असोज २९, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा सम्पर्क विहीन जर्मन नागरिक ५ दिनपछि फेला परेका छन् ।

Advertisement

गत शुक्रबारदेखि सोलुखुम्बुको खुम्मबु क्षेत्रमा सम्पर्क विहीन बनेका जर्मनी नागरिक डा.साखर गम आज सोमबार लबुचेमा फेला परेको नेपाल मानव अधिकार संगठन जिल्ला शाखाले जनाएको छ ।

Advertisement

एक्लै खुम्बु भ्रमणमा आएका गमलाई लबुचे स्थित एक होटलमा बिरामी अवस्थामा फेला पारिएको बताइएको छ ।

Advertisement

गत शुक्रबार काठमाडौंबाट जहाज मार्फत लुक्ला ओर्लिएका ७६ वर्षीय गम त्यसपछि सम्पर्क विहीन भएको भन्दै नेपाल स्थित जर्मन दुतावासले सोलुखुम्बु प्रहरीलाई खबर गरेका थिए ।

त्यस पश्चात नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार संगठन लगायतले खोजी कार्यलाई तिब्र पारेको थियो । सो विषयमा थप अनुसन्धान भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै