spot_img

सल्लेरी हुँदै खुम्बु जाने पर्यटकको संख्या उच्च, फाप्लु र सल्लेरी क्षेत्र विदेशीले भरिए

spot_img

असोज २४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरी, फाप्लु क्षेत्र विदेशी पर्यटकले खचाखच भरिएका छन् । सगरमाथा क्षेत्रमा सिजन सुरु भएसँगै गाडी मार्फत सल्लेरी भित्रिने विदेशीको चाप अधिक बढेको हो ।

Advertisement

अहिले दैनिक २०० भन्दा बढी विदेशीहरु स्थलमार्ग हुँदै सल्लेरी तथा फाप्लु क्षेत्र भित्रिरहेको ट्राफिक प्र्रहरी पोष्ट पत्तालेले जनाएको छ । ति पर्यटकहरु काठमाण्डौँबाट जिप तथा बस मार्फत सल्लेरी भित्रिरहेको यातयात व्यवसायीहरुले बताएका छन् ।

Advertisement

मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएसँगै गाडी मार्फत सल्लेरी हुँदै खुम्बु जाने विदेशीको संख्या बढेको सोलुखुम्बु सगरमाथा यातयात समितिका अध्यक्ष राम बहादुर विश्वकर्माले बताए । पर्यटकका कारण फाप्लु क्षेत्रको होटल तथा लजहरु भरिभराउ भएको छ भने कतिपय पर्यटकहरुलाई बास पाउनै मुस्किल परेको पर्यटक गाईड ङिमा दोर्जी शेर्पाको भनाई छ ।

Advertisement

उनका अनुसार काठमाण्डौँबाट आएका अधिकांश पर्यटकको रोजाईमा फाप्लु पर्दा पर्यटक सहयोगीहरुलाई बासको व्यवस्थापन गर्न समस्या परेको छ । फाप्लु क्षेत्रको अधिकांश होटलहरु यतिखेर पर्यटकले भरिएका छन् भने सल्लेरी क्षेत्रको होटलहरु समेत पर्यटकको संख्या अधिक देखिएको सल्लेरीका मिङ्मार शेर्पाले बताए ।

गाडी मार्फत खुम्बु जाने पर्यटकहरु बढेसँगै सदरमुकाम क्षेत्रमा यतिखेर विदेशीको आवगमन उत्साहजन रुपमा देखिएको प्रहरीले जनाएको छ । सल्लेरी हुँदै उकालो लाग्ने पर्यटक बढेसँगै फाप्लु, सल्लेरीबाट थामडाँडा क्षेत्र छुट्ने बोलेरोहरुलाई भ्याई नभ्याई भएको यातयात व्यवसायी लक्ष्मण घतानीले बताए ।

सडक मर्मतको क्रममा रहेकाले यात्रा जोखिमपुर्ण रहेपनि यात्रुको चापले उत्साह थपिएको उहाँको भनाई छ । सल्लेरीबाट अहिले बोलेरोले मात्रै खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडासम्म यात्रु बोक्दै आएका छन् । थामडाँडा भन्दा माथि सवारी सञ्चालन नहुने भएकाले त्यहाँबाट पर्यटकहरु पदमार्ग हुँदै लुक्ला, नाम्चे तर्फ लाग्ने गरेका छन् ।

नेपाल सरकारले पर्यटकीय सिजनमा त्रिभुवन विमानस्थल काठमाण्डौँमा विमानको चाप बढी भएको भन्दै लुक्लाको उडान रामेछापको मन्थलीबाट गर्न थालेको छ । तर मौसम प्रतिकुलताका कारण केहि दिनदेखि हवाई उडान प्रभावित हुँदा मन्थली पुगेका पर्यटकहरु अलपत्र परेका छन् । जसका कारण स्थलमार्ग हुँदै सल्लेरीबाट खुम्बु पुग्ने पर्यटकहरुको संख्या उच्च रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै