spot_img

हलेसी तुवाचुङले प्राप्त गर्‍यो जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता

spot_img

असोज १९, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जापनिज संस्था ‘मेयर फर पिस’को सदस्यता प्राप्त गरेको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय संस्थासँग सोसियल नेटवर्क बढाउने क्रममा जापनिज संस्था ‘मेयर फर पिस’ले सदस्यता प्रदान गरेको हो ।

Advertisement

हलेसी तुवाचुङ नगरपालिकाले सदस्याताको लागि निवेदन दिएको थियो । सोही आधारमा स्थानीय तहहरूको समृद्धिका लागि एकताबद्ध हुने उदेश्यसाथ स्थापित शान्ति र विकाकासका लागि अघि बढेको संस्थाको सदस्यता प्राप्त गरेको नगरप्रमुख विमला राईले बताइन।

Advertisement

उक्त संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् । नेपालमा ३३ वटा पालिकाले हालसम्म सदस्यता पाएका छन् ।

Advertisement

सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा बनेको संस्थामार्फत मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, शान्तिको र संस्कृतिको लागि काम गरिरहेका छन् ।

शान्ति प्रत्येक ब्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ । नगरसँगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातीको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै