spot_img

तिङ्लाबाट मात्रै १८ जना मोतिविन्दुका बिरामी छनौट

spot_img

असोज १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाबाट १८ जना मोतिविन्दुका बिरामी शल्यकृयाका लागि छनौट भएका छन् । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा तिङलामा मंगलबार गरेको निःशुल्क मोतिविन्दु छनौट शिविरमा १८ जना छनौट भएका हुन् ।

Advertisement

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता दिनेश राईका अनुसार शिविरमा १४२ जनाले सेवा लिए थिए । जस मध्ये २१ जनालाई सहुलियत दरमा चस्मा वितरण गरिएको आँखा कार्यकर्ता राईले बताए ।

Advertisement

मंगलबार नै नेचासल्यान गाउँपालिका १ मा भएको शिविरमा ५ जना मोतिविन्दुका बिरामी छनौट भएका छन् । शिविरमा १५४ जनाले सेवा लिएको बताइएको छ । यस्तै थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाबाट ४ जना बिरामी शल्यकृयाका लागि छनौट भएका छन् । शिविरमा ८२ जनाले नेत्र सेवा लिएका छन् ।

Advertisement

उक्त शिविरबाट छनौट भएका मोतिविन्दुका बिरामीहरुको आँखा असोज २८ र २९ गते फाप्लुमा सशुल्क अप्रेशन गरिने जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै