असोज १७, सोलुखुम्बु । गृह मन्त्रालयको कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु ६३ औँ स्थानमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७/८० को कार्यसम्पादन मुल्यांकनमा सोलुखुम्बु १०० मा ८० नम्बर प्राप्त गर्दै ६३ औँ स्थानमा परेको हो ।
गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयहरू रहेका थिए ।
उक्त मुल्यांकनमा ओखलढुंगा ९०.६४ अंक प्राप्त गर्दै ३० औँ स्थानमा, खोटाङ ७८.६३ अंक सहित खोटाङ ६४ औँ स्थानमा र उदयपुर ८१.१५ अंकसहित ६० औँ स्थानमा परेको छ ।
देशभरको ७७ वटै जिल्ला मध्ये ९६.४४ अंक प्राप्त गर्दै गुल्मी मुलुककै पहिलो जिल्ला बनेको छ । औसतमा धेरै जसो जिल्लाहरुले ८६.५ अंक प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।