spot_img

सोलुका १४ हजार बढी नागरिकको राष्ट्रिय परिचयपत्र पत्र जिल्ला आईपुग्यो

spot_img

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुका १४ हजार बढी नागरिककोे राष्ट्रिय परिचयपत्र छापिएर जिल्ला आईपुगेको छ । परिचय पत्रका लागि जिल्लामा ५० हजार ३ सय १६ जनाले फारम भरेकामा १४ हजार ३० जनाको परिचयपत्र छापिएर आईपुगेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

यो संख्या भदौ मसान्त सम्मको हो । कार्ड छापिएर आएका मध्ये हालसम्म २ सय ७९ जनाले परिचय पत्र लगिसकेको सकेका छन् भने १३ हजार ७ सय ५१ थान कार्ड जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

Advertisement

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अभियानकै रुपमा जिल्लाका ८ वटै स्थानीय तहमा संचालन गरेको शिविरबाट ३१ हजार ७ सय ४१ जनाले आवेदन दिएका हुन ।

Advertisement

जसमा १८ हजार ५ सय ७५ जनाले जिल्ला प्रशासन कार्यालयमै आएर फारम भरेका थिए भने बाँकीले विभिन्न घुम्ति शिविरमा मार्फत फारम भरेका हुन् ।

कुल १ लाख ४ हजार ७ सय ५१ जनसंख्या रहेको जिल्लामा नाबालिक बाहेक करिब ९० प्रतिशतले राष्ट्रिय परिचय पत्रको फारम भरिसकेको बताइएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै